आयु वर्ष विवेक् सुरम्य अति हो रूपैै छ मन्दाकिनी
कस्की हौ दुहिता तिमी भनिदेऊ छिटो गरी सँगिनी ।
तिम्रा वाणी लवज् समाई मनले सन्तोष मान्नैपर्यो
काया तिम्रो विभूषण सरी मनमोह शान्तै भयो ।।
नबयानिने कौमुदी भइगयौ सबका पाश्र्व तिमी
रोदन कर्कश पावक होम्यौ हे मेरी सौख्य मानुषी ।
सानन्द कर्पूर–द्रव बनिगयौ दिगङ्गना प्रमदा
भैग्यौ नयनाभिराम मनकि मेरी तिमी सर्वदा ।।
आदित्यैकन प्रचण्ड बनिग्यौ इन्दुसरह शीतल
शिक्षार्थीमा एकल मृदुल तिमी शतायु छौ जीवित ।
कैवल्यै अति छौ तिमी हे प्रमदा निलाम्बरै छाै तिमी
हर भ्रमरकन तिमीले बन्दछौ सज्जनबन्दिनी ।।
तिम्रो चञ्चमावट देखिलिया छैनौ तिमी पामर
फाल्सा तिम्रा अमर छन् बुझ्यौ नहुनु कभै कायर ।
तिम्रो मन्दहाँस सुरिलो छ पनि तोड्नु उनाऊ सबै
आखिर विद्धज्जन हुनु तिमी किरणकाञ्चन नभै ।।