निकै बुद्धिमता धरी मगजमा
चेला यी श्रीकृष्णका
भैगे आदिकवि समस्त जनका, हुन् प्रेरणा सर्वका ।।
घाँसीका वचनै दिमाग
भरिमा, मिल्यो ठूलो प्रेरणा
लेखे काव्य धेरै
त्यसै बखतमा ऊर्जा लिर्इ साथमा ।
लेखे काण्ड सबै
नेपाली जनकै त्यो प्यारो रामायण
चिनाए मोतिरामले सबमहाँ
ठूला यी उदाहरण ।।
हौ हाम्रा तिमी नै कविवर हरे, भाषा कला औंतारी
नेपाली जग भो
फराकिलो अहो साझा ठूलो चाैतारी ।
छन्दै छन् हृदयै
विदारक सबै राम्रा र उत्कृष्ट यै
भानुभक्त रह्याै अमर जनममा युगाै र युगाै कनै ।।
देउता नै गनियाै तिमी कविवरे हे भक्त्त हो रामको
तिम्रै स्मृतिको
दिवा लगन यो २९ असार वर्षको ।
श्रद्धा अर्पण गर्दछाै तिमी कनै हे भानुभक्त्तै कवि
नेपाली विभूति सदा
शिखरमा कालजयी तिम्रो छवि ।।