निस्पट्टै भयो अन्धकार जगतमा अय्या र आत्थुकन
मोतीबिन्दु लिएर रोग जगमा पैदा भए मानव ।।
मोतीबिन्दु लिएर जन्म उसको हे दैव यो के गर्यौ
मोती हातमहाँ दिनु त उसको आँखा महाँ पो भर्यौ ।।
जन्मैजात हुने कुनकुनै, कोही त जन्मै
पछि
थुप्रै रूप हुने सफेद रङको यो रोग नै दुर्गति ।।
के के सोच्दछ मानिस अहिले के दुर्दशा भैगयो
सारा सृष्टि गोचर गरने यो दृष्टि धीमा भयो ।।
धेरै पो छिरिगो प्रकाश अँखिया टल्किन्छ यो टलटल
देख्छु भन्दछ इन्द्रेणी उसले आँखा भयो खलबल ।।
कारण जानिकनै सुधार गरनु राम्रो विधि एक हो
खाने चुरोट, उमेर बढने वंशाणु यी केही हो ।।
जानु रोग निदान गर्नु सजिलै आँखा जँचाइकन
गर्लान् चिर र फार ति मनुहरू ज्योति फिराइदिन ।।
यो सुन्दर सृष्टि भोग गरने, सुन्दर यी आँखाले
हो
मोतीबिन्दु हटाई स्वस्थ रहनु, यै आजको प्रातः
हो ।।