पृष्टभूमि
भन्नुपर्दा न्याय खोज्दाखोज्दै प्राण आहूति दिनुभएका नन्दप्रसाद अधिकारीलाई जोड्न
चाहन्छु मेरो कवितामा । गोरखा फुजेलका नन्दकृष्ण अधिकारी र गङ्गामाया अधिकारीका
छोरा कृष्णप्रसाद अधिकारीको १८ बर्षको कलिलो उमेरमै निर्मम हत्या भएको थियो । उनकै
हत्यारालाई न्यायको कठ्घरामा ल्याउन उनका बुबा आमा करिब ११ महिना अनसन बसे र
अन्ततः अनसनकै क्रममा न्याय नपाउँदै आफ्नो प्राण पनि त्याग्नुपर्यो उनका बुबाले । आमा अझैँ पनि न्याय पाउँने फगत
आँस सहित अनसनमै छिन् । यसै सन्दर्भमा उनका स्वर्गीय छोरा कृष्णप्रसादले स्वर्गलोकबाट
नियालिरहँदा यो न्याय हराएको देशप्रति उत्पन्न भएका उनका भावनाहरूलाई समेट्न
खोजिएको छ ।
न्याय हराएको देश
मर्श्याङ्दीतटमा फुजेल गउँमा हिमालको काखमा
त्यै विद्यालय
ग्राममा पढिलिया एस्.एल्.सी. जाँचै दिया
ज्यादै हर्ष
विभोरमा परिगए उमङ्ग मनमा लिया ।।
आफैँ जाँउ भनेर
भेटकन ता बाजेबज्यैका घर
हाँसो रोदनको भयो
निमिषमा पुगे यमैका घर ।
बाँधी पट्टी नयन्,
लगेर दूरमा दिए चरम् यातना
ठोकी बारुद
शरीरशिरमहाँ फ्याँकी दिए खोल्सेमा ।।
पुत्रैशोक पर्यो बुबा अनि मुवा बाजेबज्यै साथमा
रित्तै भो
अश्रुकेन्द्र त्यो नयनको दाजु नुरै शाेंंकमा ।
न्यायै माग्न
भनेर अनसन बसे बुबा मुवा सँगमा
क्या सुन्थ्यो
सरकार पार्टी मुखियाँ खेद्यो भुइँफुट्टमा ।।
जिउँदो लास भई
दिनानुदिनै पीडा त थप्दै बसे
आए पार्टी
नेताहरु सबसबै राजनीति गर्दै रहे ।
भन्थे अनसन तोड्नलाई तिनले आश्वासनै बाँड्दिए
आमा रुन्थिन
शोकमै डुबिरही बुबा नखाई मरे ।।
सुक्यो बोली सबै
विनम्रपनमा पेटै सुक्यो भोकमा
क्या किन्तु भो
अमङ्गल अहो आमा डुबिन् शोकमा ।
खोइ हत्यारा
कहाँकन लुक्यो सरकार यो निर्जीव
देख्दैनौ किन
काठमाण्डु तिमीले आँसु बगेको भल ।।
भैग्यो एक दशक
पूरापूर अहो खै न्याय कहाँ गयो
न्यायै पाउन
जानुपर्छ गोरखा, त्यो उक्ति
व्यर्थै भयो ।
मै गोर्खे हेर आज
न्याय खोजँदै दौड्दैछु है शेषमा
क्या लुट्यौ भो समयचक्र तिमीले न्यायै नभा देशमा ।।
क्या लुट्यौ भो समयचक्र तिमीले न्यायै नभा देशमा ।।
No comments:
Post a Comment