Monday, November 11, 2019

जुम्लाबाट बजेको बिगुल

चिकित्सक गोविन्द केसीले राज्यसत्ताको नजरमा ‘अनशन डाक्टर’ को उपाधि पाएका छन् । तर, उनले सर्वजन हितायको ध्याउन्नमा उठाइरहेको आवाज र झेलिरहेको संघर्षको मूल्य भने सानोतिनो छैन । काठमाडौं केन्द्र र राज्यसत्ताले पन्छाउन चाहेको आवाज लिएर यतिखेर गोविन्द केसी जुम्ला पुगेका छन्– गुणस्तरीय स्वास्थ्यको बिगुल फुक्न ।


२०७५ असार ३० गते कान्तिपुर कोसेलीमा प्रकाशित
प्रकाशित पृष्ठ हेर्न यहाँ क्लिक गर्नुहोस्


नेपालको स्वास्थ्य क्षेत्रको सुधार तथा सुलभ गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै प्रा.डा. गोविन्द केसीले आफ्नो १५ औं चरणको अनशन बस्न जुम्ली माटोलाई रोजेका छन्, केसी अनशनको शनिबार (आज) १५ औं दिन हो पटकपटकका अनशनसँगै हुने सरकारी सम्झौताको कागजी चाङ लागिसक्दा पनि व्यवहार कार्यान्वयन भने अझै अचकल्टो , लाजै लाग्ने गरी

डा. केसीको सातौं अनशनपछि चिकित्सा शिक्षामा रहेका बेथिति सम्बोधन गर्न त्रिविका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय तर्जुमा उच्चस्तरीय कार्यदल बन्यो कार्यदलमा माथेमासँगै विषयविज्ञ एवं स्वास्थ्य क्षेत्रका सिद्धहस्तहरू संलग्न थिए त्यही कार्यदलले तयार पारेको प्रतिवेदन (जसलाई माथेमा प्रतिवेदन पनि भनिन्छ) को कार्यान्वय गर्नकै लागि भनेर डा. केसी (त्यसपछि) सातचोटि अनशन बसिसकेका छन्

वास्तवमा के छन् डा. केसीका माग जो कार्यान्वयन गर्न नै सरकार डराउँछ? यथार्थमा अहिलेको मुख्य माग भनेको चिकित्सा शिक्षा विधेयकको विषय हो डा. केसीको अनशनको बलमा माथेमा प्रतिवेदनको मर्मसमेत मेटिने गरी पूर्ववर्ती देउवा सरकारद्वारा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरिएको थियो ओली सरकारमा आएपछि उक्त अध्यादेश सम्पादन गर्दै प्रतिस्थापन विधेयक ल्याउन खोजेपछि डा. केसी रुष्ट भएका थिए जनताको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै केसीले १५औं अनशनको घोषणा गरेका हुन् डा. केसी यतिखेर जुम्लामा जीवनमरणको दोसाँधमा छन् भने सरकार डा. केसीलाई गलाउने गरी लागिपरेको डा. केसीका मागमध्ये चिकित्सा शिक्षा अध्यादेशमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि दुईवर्षे अनिवार्य सेवाको व्यवस्था राख्नेबाहेक कुनै कुरा पनि परिमार्जन नगरी विधेयक ल्याइयोस् भन्ने

विवादबहसको जड
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा अँटेका तर अहिलेको प्रतिस्थापन विधेयकमा नराखिएका बुँदामा जाऔं पहिलो कुरा हो विधेयकको प्रस्तावना अध्यादेशमा चिकित्सा शिक्षाको परिभाषामा स्वास्थ्य पेसासम्बन्धी सबै विधा तहका शिक्षा भनिएको तर, विधेयकमा भने त्यो हटाई स्वास्थ्य पेसासम्बन्धी स्नातक त्योभन्दा माथिल्लो तहका शिक्षालाई चिकित्सा शिक्षा बुझ्नुपर्ने भनी उल्लेख गरिएको जसअनुसार विधेयक मुताबिक बन्ने शक्तिशाली चिकित्सा शिक्षा आयोगले चिकित्स प्रमाणपत्र तहका नर्सिङ, ल्याब टेक्निसियन, अहेब, हेल्थ एसिस्टेन्टजस्ता विषयहरू हेर्नै मिल्दैन तर, बुझ्नुपर्ने कुरा के हो भने स्वास्थ्य शिक्षा गुणस्तरीय बनाउनका लागि एउटा डाक्टर मात्र राम्रो भएर पुग्दैन, सँगै जोडिएका नर्स, अहेब, ल्याब टेक्निसियनलगायत सबै विधा राम्रो चाहिन्छ हामी आफ्नो रगत, पिसाबको जाँच गराउनुपर्यो भने उत्कृष्ट ल्याब सेवा खोज्दै जान्छौं बिरामी भर्ना गर्दा राम्रो हेरचाह गर्ने नर्स खोज्छौं जुन कुरा बिरामीको औषधोपचारमा निकै लाभदायी हुन्छ नै एउटा ल्याब रिपोर्ट गलत आउनेबित्तिकै कतिपय रोगको निदान नै फरक पर्छ बिरामीले गलत उपचार पाइरहेको हुन्छ तसर्थ, एउटा चिकित्सकसँगसँगै सबै क्षेत्र गुणस्तरयुक्त हुनुपर्छ तिनीहरू सबैलाई नियमन गर्ने एउटै नियमक आयोग हुनैपर्छ तर, विधेयकले यो मर्मविपरीत स्नातक अर्थात् एमबीबीएस तहभन्दा माथिल्लो स्तरको पढाइ मात्र आयोगले नियमन गर्ने भन्दै प्रस्तावना नै फेरेको अवस्था

अध्यादेशमा रहेको तर विधेयकमा हटाइएको अर्को कुरा हो काठमाडौं उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोल्न नपाइनेबारे अहिले नै काठमाडौंमा वटा मेडिकल कलेज रहेका छन् मेडिकल शिक्षा पूर्ण रूपमा प्रयोगात्मक शिक्षा हो यसका लागि सबैभन्दा अपरिहार्य कुरा हो बिरामी जति बढी बिरामी हुन्छन्, विद्यार्थीले त्यति नै बढी सिक्छन् त्यहीअनुसार विद्यार्थी/कलेजको गुणस्तर मापन गर्न सकिन्छ एउटै ठाउँमा बढी मेडिकल कलेज हुनुको मतलब बिरामीहरू सबै अस्पतालमा बाँडिनु हो काठमाडौंमै पनि कतिपय मेडिकल कलेजमा विद्यार्थीले अहिल्यै पनि राम्ररी बिरामी जाँच्न पाउँदैनन् कनीकुथी आउने बिरामीबाट कनीकुथी सिकेको शिक्षाले गुणस्तरीय चिकित्सक जन्माउला भनेर कसरी आस गर्न सकिएला?

यसैसँग जोडिएको अर्को कुरा हो शिक्षकविद्यार्थी अनुपातको यसै पनि कम संख्यामा रहेका शिक्षक, त्यसमाथि, मेडिकल कलेज थुप्रिँदै जाने हो भने तिनै शिक्षक धेरै ठाउँमा बाँडिनुपर्ने अवस्था आउँछ , सबैतिर आंशिक रूपमा समय व्यतीत गर्ने शिक्षकबाट दिनरात नभनीकन ड्युटी गर्दै सिक्नुपर्ने विद्यार्थीले कसरी सिकोस्? के सिकोस्? योबेला नयाँ खुलेका मेडिकल कलेजको गुणस्तर परै जावस्, पुराना मेडिकल कलेजमा समेत शैक्षिक ह्रास आउने निश्चितप्राय:

तेस्रो कुरा, अस्पताल खोल्नु मेडिकल कलेज खोल्नु नितान्त फरक कुरा हुन् यसै पनि काठमाडौंमा दर्जनौं अस्पताल छन् काठमाडौंमा स्वास्थ्योपचार नपाएर बिरामी मर्नुपरेको अवस्थासमेत छैन तर, त्यही सामान्य उपचार नपाएर मोफसलमा सामान्य रोग लागेकै कारण बिरामीले ज्यान गुमाइरहेको स्थिति हामीकहाँ योबेला काठमाडौ केन्द्रमा मेडिकल कलेज किन चाहियो? चित्तबुझ्दो जवाफ कसैले दिन सकेको छैन

त्यसैगरी अर्को मुद्दा हो मेडिकल कलेज सम्बन्धन प्रस्तावित अध्यादेशमा एउटा विश्वविद्यालयले वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने भनिएको थियो तर, यो प्रावधान अहिलेको विधेयकमा अटाइएको छैन वास्तवमा सम्बन्धन दिनु भनेको आफू मातहत अर्को सिंगो कलेजको बोझ थपिनु हो ती सम्बन्धनप्राप्त कलेजको नियमन एवं अनुगमन गर्नु विश्वविद्यालयको जिम्मेवारी हो नेपालमा अहिलेसम्म सम्बन्धन दिन मिल्ने विश्वविद्यालयमा त्रिभुवन काठमाडौं विश्वविद्यालय छन् आफ्नै आंगिक कलेजहरूलाई राम्ररी अनुगमन गर्न नसकिरहेका विश्वविद्यालयमाथि अझै मेडिकल कलेज थपेर बोझ बढाउनु भनेको स्थापित कलेजको गुणस्तरसमेत खस्काउनु हो आफैं थिलथिलो अवस्थामा रहेका यी विश्वविद्यालयले अहिले नै / वटा सम्बन्धन दिइरहेका छन् तसर्थ देशभरि गुणस्तरीय चिकित्सा शिक्षा अवलम्बन गर्ने हो भने वटाभन्दा बढ कलेजलाई सम्बन्धन दिनै हुँदैन वास्तवमा भन्ने हो भने पनि बढी नै हुन्छ

मेडिकल कलेजलाई सम्बन्धन दिनु मात्रै ठूलो कुरा होइन यसमा शिक्षकविद्यार्थी अनुपात पनि महत्त्वपूर्ण हुन्छ यति जना बिरामीका लागि यति जना शिक्षक हुनुपर्छ अस्पतालको यति प्रतिश बेडहरू बिरामीले भरिएको हुनुपर्छ भन्ने मापदण्ड नै प्राय:जसो कलेजमा शिक्षकको एकदमै अभाव रहेको त्यसैले अनुगमन छल्नै भनेर खडेबाबा अर्थात् नक्कली शिक्षक उभ्याउने गरेको पाइन्छ अस्पतालमा बिरामीको संख्या बढी देखाउन काठमाडौंको एउटा मेडिकल कलेजले वृद्धाश्रमबाट वृद्धहरूलाई समेत उठाएर लगेको कुरा सेलाइसकेको छैन यस अर्थमा नयाँ मेडिकल कलेजको सम्बन्धन अहिलेका लागि औचित्यहीन

यो परिस्थितिमा अरू विश्वविद्यालयले सम्बन्धन दिए भइगयो नि भन्ने कुरा उठ्न सक्छ एउटा कुरा जान्न जरुरी कुनै पनि विश्वविद्यालयले अरू कलेजलाई सम्बन्धन दिनुपूर्व आफैंले एउटा आंगिक मेडिकल कलेज चलाएको हुनुपर्छ तर, यो प्रबन्धअनुसारका अरू विश्वविद्यालय छैनन् अहिले चर्चामा रहेको बी एन्ड सी मेडिकल कलेजकै कुरा गरौं उक्त कलेजले माथिका तोकिएका नियमनबाट सम्बन्धन पाउन नसकेपछि यो कलेजलाईजसरी पनि सम्बन्धन दिलाइछाड्ने ढिपीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय तहमा स्तरोन्नति गर्न सिनेट बैठकले सिफारिस गरिसकेको तर, स्मरण रहोस् बीपी प्रतिष्ठान नेपालको स्वास्थ्य क्षेत्रको एक अग्रणी संस्था मात्र नभई पूर्वाञ्चल क्षेत्रकै स्वास्थ्यको मियो हो वास्तवमा प्रतिष्ठान भनेको देशको प्रतिष्ठा हो, देशलाई चाहिने उत्कृष्ट जनशक्ति उत्पादनका साथै त्यो क्षेत्रको विकास, अनुसन्धान, प्रवद्र्धन समग्रमा सबैको मार्गदर्शकसमेत हो प्रतिष्ठानलाई विश्वविद्यालय बनाई सम्बन्धनको ेलमा फँसाउनु राम्रो कुरा होइन त्यसमाथि भित्रभित्रै जर्जर हुँदै गइरहेको प्रतिष्ठानमा एमआरआई, ब्रोन्कोस्कोपी, इन्डोस्कोपीलगायत नियमित सञ्चालन हुन सकेको छैन, ल्याबमा जाँच गर्न चाहिने सामान्य रिएजेन्ट समेत उपलब्ध छैन आईसीयूको अभावमा बिरामीलाई अरू निजी अस्पतालतिर रिफर गर्नुपर्ने बाध्यता चलाउन नसकिने भन्दै स्नातक तहका कतिपय कार्यक्रम केही वर्षदेखि हटाइएका छन् विद्यार्थी समस्या ज्युँका त्युँ छन् यस्तो अवस्थामा आफैं जीर्णोद्धार चाहिने प्रतिष्ठानले अरू कलेजलाई सम्बन्धन दिन सक्छ, अनुगमन गर्न सक्छ भनेर सोच्नु मात्रै पनि विडम्बना हो

मेडिकल कलेज खोल्न तीन वर्ष अस्पताल चलाएको हुनुपर्ने भन्ने नियमलाई विधेयकबाट हटाइएको कुरा सतहमा आएको वास्तवमा यसरी ससर्त राखिनुका पछाडि कारणहरू छन् मेडिकल कलेज खोल्नु कुनै फूलझडी होइन यसका निम्ति यथेष्ट मात्रामा बिरामी आउने अस्पताल हुनुपर्छ तसर्थ, तीन वर्षसम्म पूर्ण रूपमा चलेको अस्पतालमा कति बिरामी आएका छन् कत्तिको भरपर्दो रूपमा सञ्चालन भएको (?) भन्ने कुरा मूल्यांकन गर्न सकिन्छ यदि राम्रैगरी अस्पताल चलिराखेको भनेपछि मात्रै सरकारले त्यस्ता अस्पताललाई आशयपत्र दिन सक्छ आशयपत्र दिनु भनेको यो अस्पतालले मेडिकल कलेज सञ्चालन गर्न सक्छ भन्ने संकेत मात्रै हो तर, आशयपत्र पाएको भन्दैमा सम्बन्धन दिनैपर्छ भन्नेचाहिं हुँदैन देशको आवश्यकता विश्वविद्यालयको आन्तरिक क्षमता हेरी सम्बन्धन दिने/नदिने निक्र्योल गर् सकिन्छ

यी सर्त, प्रावधान आधार हेर्दा डा. गोविन्द केसीले उठाएका मागहरू एकदमै जायज सुस्पष्ट देखिएका छन् यसर्थ, माथेमा प्रतिवेदनकै मर्म समेटिएको राष्ट्रिय चिकित्सा अध्यादेश सुलभ तथा गुणस्तरीय स्वास्थ्य क्षेत्रका निम्ति कोसेढुंगा साबित हुनेछ

यदि यी मागहरू पूरा नगरिए अर्थात् ज्युँका त्युँ प्रतिस्थापन विधेयक पारित गरिए के हुन्छ? भन्ने सरोकार पनि उठिरहेको यदि त्यसो भयो भने सर्वप्रथम मेडिकल कलेज खोल्नका निम्ति तयारी अवस्थामा बसेका निजी मेडिकल कलेजले सम्बन्धनको बाटो पाउनेछन् अहिले लाइनमा रहेका वा आशयपत्र लिएका (एउटाबाहेक सबै काठमाडौंमै छन्) सबैले मेडिकल कलेज खोल्न पाउनेछन् धेरै मेडिकल कलेज हुनेबित्तिकै आउने बेथिति, समस्याको ओइरो लाग्नेछ नामका अगाडि मेडिकल कलेज झुन्डिएका अपार्टमेन्ट विद्यार्थी भर्ती केन्द्रबाहेक अरू थोक केही हुने छैनन् ती अड्डाहरू त्यहाँ पढ्ने विद्यार्थीले कसरी सिक्लान्? कस्तो शिक्षकले कति समय दिएर पढाउला? त्यो कनीकुथी सिकाइबाट सिकेको सीपले कसरी गुणस्तरीय चिकित्सकको रूप देला? यो गहन रूपमा सोच्नुपर्ने विषय हो आफ्नो उपचारका लागि नेताहरू अहिलेजस्तै विदेश सयर गर्लान् तर बाँकीको के अवस्था होला?

लगानी डुब्ने चासो
यहाँ अर्को कुरा आउला अब मेडिकल कलेज सञ्चालकहरूले त्यत्रो लगानी गरेका छन् त्यति पूर्वाधार बनाएका छन् तिनको लगानी डुब्ला नि? हो, यो सत्य कुरा हो कि धेरैले पूर्वाधार बनाएका छन्, करोडौं लगानी गरेका छन् तर, यसो भयो भन्दैमा सबैले सम्बन्धन पाउनुपर्छ भन्ने कहीं नियम तोकिएको छैन अहिले हाम्रोमा भएको अवस्थाजस्तै सन् १९०० को दशकमा अमेरिका पनि देखिएको थियो त्यहाँ पनि मेडिकल शिक्षा सुधारका निम्ति शिक्षाविद् अब्राहम फ्लेक्सनरको नेतृत्वमा एउटा कार्यदल बनाइएको थियो सन् १९१० मा प्रकाशित उक्त कार्यदलको रिपोर्टपछि अमेरिकामा रहेका १५५ वटा मेडिकल कलेजमध्ये मापदण्ड नपुगेको भन्दै १२४ वटा कलेज पूर्ण रूपमा बन्द गरिए ३१ वटा मात्र बाँकी रहे अहिले अमेरिकी मेडिकल शिक्षाको गुणस्तर कहाँ भन्ने सबैलाई जानकारी होला नै अहिले नि अमेरिका गएर अध्ययन गर्न चाहने मेडिकल विद्यार्थीको संख्या ठूलो त्योबेला मापदण्डविपरीतका कलेज बन्द नगरिएको भए के अहिलेकै जस्तो गुणस्तरीय शिक्षा हुन्थ्यो अमेरिकामा? यदि साँच्चिकै मेडिकल क्षेत्रमा सुधार गर्ने हो भने कुनै कुनै बेला सरकारले आँट गर्नैपर्ने हुन्छ , त्यो आँट गर्ने उत्कृष्ट मौका सरकारलाई अहिले मिलेको फ्लेक्सनर रिपोर्टजस्तै नेपालमा यो क्षेत्रका विज्ञ सम्मिलित कार्यदलले निकै मिहिनेत गरेर बनाएको माथेमा प्रतिवेदन सरकारसँग यसैलाई आधार मानेर चिकित्सा शिक्षामा आमूल सुधार ल्याउन सकिन्छ यो नै समयको माग पनि हो

यहाँ भन्न सकिएला फेरि कहाँ अमेरिका, कहाँ नेपाल? अतुलनीय कुरा

हो, यदि शैक्षिक गुणस्तर कायम गर्ने हो यो क्षेत्रका बेथिति निर्मूल पार्ने हो भने माथेमा प्रतिवेदन कार्यान्वयन गर्नैपर्छ पूर्वाधार बनाइसकेका लगानीकर्ताको लगान नडुबोस् भन्नका लागि अर्को उपाय अपनाउन सकिन्छ यी पूर्वाधार सरकारले उचित मूल्यमा खरिद गर्न सक्छ त्यसका भरमा सरकारी अस्पताल सञ्चालन गर्न सक्छ

डा. केसीको अघिल्लो अनशनका बेला उठेको मनमोहन मेडिकल कलेजको कुरा गरौं मनमोहनको नाममा अस्पताल खोल्न नदिएर ाजनीति गरियो, एमालेको विरोध गरियो भन्ने कुरा पनि आयो तर, बुझ्न के जरुरी भने पार्टीगत सरोकारभन्दा पनि मापदण्डविपरीत कुनै पनि कलेजले सम्बन्धन पाउँदैन, पाउनु हुँदैन भन्ने हो श्रद्धेय मनमोहन अधिकारी एमालेका लागि मात्रै होइन, देशकै राजनेता हुन् उनको नाममा अस्पताल खोल्दा कसैलाई पनि आपत्ति हुने कुरा हुँदैन यसअघि, मनमोहन मेडिकल कलेजको सबै पूर्वाधार सरकारले किनेर वीर अस्पताल रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई पुन: नामकरण गरी मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउन तत्कालीन सरकार राजी नै थियो वीर अस्पतालले यसमा सहमति जनाइसकेको थियो

अर्कातर्फ, यदि यी मेडिकल कलेजहरू काठमाडौंबाहिर सार्न चाहेको हो भने बरु सरकारले यो सर्तमा कर छुट गर्न सक्छ, जग्गा उपलब्धतामा सहजीकरण गर्न सक्छ तर काठमाडौंमै मेडिकल कलेज थुपार्नुको कुनै तुक छैन फेरि स्वास्थ्य क्षेत्र भनेको नाफाका लागि खोलिने क्षेत्र होइन, यसमा सेवाभाव चाहिन्छ

यही सन्दर्भ जोडेर अर्को आरोप पनि उब्जन थालेको यहाँ मेडिकल कलेज खोल्न नदिएर विद्यार्थी विदेश पलायन गरियो भन्ने यो कुरामा कुनै तुक छैन विदेशमा कसरी कस्ता विद्यार्थी इरहेका छन् भन्ने पनि बुझ्न जरुरी मेडिकल विद्यार्थीको ट्रेन्ड हेर्दा हरेकको पहिलो रोजाइ नेपालकै मेडिकल कलेजमा पढौं भन्ने हुन्छ यहाँ छात्रवृत्तिमा नाम निकाल्न नसक्नेहरू पैसा तिरेर पढ्न पाउँछन् तर, पैसा तिरेर पढ्नै पनि प्रवेश परीक्षा पास भएकै हुनुपर्छ, राम्रो कलेज पाउन मेरिटमै आउनुपर्छ यसरी पास पनि नभएर यहाँ पढ्न नपाएका विद्यार्थीहरू (राजदूतावासका सरकारी कोटाबाहेक) बल्ल विदेश जाने सोच्छन् जुन कुरालाई विदेशमा अध्ययन गरेर फर्किएका अधिकतम चिकित्सक नेपालमा लाइसेन्स परीक्षा अनुत्तीर्ण हुनुले नै पनि पुष्टि गर्छ पहिला विदेश पढ्नका लागि विद्यार्थीले कुनै परीक्षा दिनु पर्दैनथ्यो प्रतिवर्ष करिब १५ सयदेखि हजारको संख्यामा विद्यार्थी बिदेसिने गर्थे तर, डा. केसीको अघिल्ला अनशनको फलस्वरूप विद्यार्थीले विदेशमा पढ्न जानुभन्दा अगाडि यहाँको काउन्सिलले तोकेको जाँच उत्तीर्ण गरेकै हुनुपर्छ यो व्यवस्थापश्चात् विद्यार्थी संख्या अहिले घटेर सय हाराहारीमा झरेको

बिदेसिनुपर्ने अर्को कारण भनेको यहाँका मेडिकल कलेजको चर्को शुल्क हो जसरी पनि चिकित्साशास्त्र पढ्न चाहने तर चर्को शुल्क तिर्न नसक्ने कतिपय विद्यार्थी ही कारण बिदेसिएका छन् डा. केसीकै अनशनका कारण, मेडिकल कलेजले लिन पाउने शुल्कमा न्यूनीकरणका साथै एकरूपता आएको छ। मेडिकलबाहेकका क्षेत्रमा समेत सयौं विद्यार्थी उच्च शिक्षाका लागि भन्दै बिदेसिने प्रवृत्ति नेपालमा यथावत् यसको मतलब यहाँ कुनै कलेज नभएर वा पढ्न नपाएर भन्ने होइन यसरी, विषयलाई जेनेरलाइज गरिरहनुको आधार सधैं विश्वासिलो हुन सक्दैन

यसै पनि नेपालमा अहिले नै नेपाल तथा विदेशमा पढेका गरी बर्सेनि झन्डै हजार चिकित्सक उत्पादन भइरहेका छन् अहिले दर्तावाल चिकित्सककै संख्या २२ हजारभन्दा बढी पुगिसकेको  भने त्यसमध्ये करिब १७ हजार जति नेपालमै छन् एउटा चिकित्सक बराबर करिब १७ सय बिरामी रहेको स्थिति विश्व स्वास्थ्य संगठनअनुसार, यो अनुपात चिकित्सक बराबर हजार बिरामी हुनुपर्छ हाल सञ्चालनमा रहेका मेडिकल कलेज मात्रै रहने हो भने पनि सन् २०३० सम्म ४५ हजार नयाँ चिकित्सक उत्पादन हुनेछन् अहिलेको संख्या पनि जोडेर ६० हजार चिकित्सक पुग्नेछन् यस हिसाबमा यो अनुपात चिकित्सक बराबर सय बिरामीको अनुपातमा पुग्नेछ अर्थात् यति नै मेडिकल कलेजबाट अहिलेकै स्थितिबाटै अबको १०/११ वर्षमा हामीलाई यथेष्ट मात्रामा चिकित्सक पुग्नेछन्

नि:शुल्क स्नातकोत्तर
एमबीबीएसपछि गरिने स्नातकोत्तर अर्थात् एमडीको तीनवर्षे अवधिमा आवासीय चिकित्सकले हजारौं बिरामीलाई सेवा दिएर सम्बन्धित संस्थाका लागि आयआर्जन गरिदिएका हुन्छन् यदि त्यो काम आवासीय चिकित्सकले गर्दैनथे भने त्यसको सट्टा तलबभत्ता दिई अरू चिकित्सक नै राख्नुपर्ने हुन्थ्यो त्यसैले, स्नातकोत्तर नि:शुल्क हुनुपर्छ भनिएको हो , एउटा प्राक्टिसनरले सरकारी होस् या निजी दुवै अस्पतालका लागि आयआर्जन गरिदिने हो तसर्थ, निजी मेडिकल कलेजमा समेत नि:शुल्क स्नातकोत्तर हुनुपर्छ भन्ने तर्क अघि सारिएको हो

यसैगरी, आवश्यकता अभाव पूर्ति गर्न छात्रवृत्तिमा पढेका डाक्टरलाई सरकारले विभिन्न ठाउँमा खटाउने गरेको डा. केसीकै अनशनपछि नेपालमा चिकित्साशास्त्रको स्नातकोत्तर नि:शुल्क भयो त्यहाँबाट पढेर निस्केका चिकित्सकलाई सरकारले सेवामा खटाउने भयो तर, सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकलाई भने निल्नु ओकल्नु को हिसाबमा सायो अर्थात् स्नातक तह (एमबीबीएस) पछि वर्ष, एमडीपछि वर्ष, डीएमपछि वर्ष गरी १२ वर्ष करार सेवामै अड्काउने काम गर्यो डाक्टरी पढाइ सुरु गरेको समयदेखि जोड्ने हो भने एमबीबीएसको करिब वर्ष, एमडीको डीएमको गरी पूरै २४ वर्ष अध्ययन करार सेवामा बित्ने देखिन्छ करार सेवा गर्नु स्थायी रूपमा काम गर्नु आफैंमा फरक कुरा हो यसरी करार सेवा २४ वर्ष गर्ने बनाउनु चिकित्सकलाई उत्प्रेरित गर्नुको सट्टा दण्डित गर्नुजस्तै हो त्यसमाथि चिकित्सकलाई यसरी परिचालन गरिन थालियो कि अपरेसन गर्ने पूर्वाधारै नभएको अस्पतालमा सर्जनलाई खटाइने गरिएको यो अवस्थामा एउटा चिकित्सकले हासिल गरेको सीप पनि बिर्सने अवस्था आउँछ सरकारको यही रवैयाका कारण चिकित्सकहरू उच्च शिक्षा विशेषत: मडी अध्ययन गर्न बिदेसिने क्रम बढ्दो त्यसैले डा. केसीले यही कुरालाई मध्यनजर गर्दै वर्षे सेवाअवधि घटाएर वर्षमा झार्न माग राखेका हुन्, ताकि चिकित्सकहरू दुर्गममा काम गर्न प्रोत्साहित होऊन्

दुर्गमको कथाव्यथा
दुर्गमको स्वास्थ्यस्थिति अहिले पनि निकै दयनीय मान्छे सिटामोल नपाएर मर्नुपरेको कुरा तीतो यथार्थ हो प्रदेश मा झन् एमबीबीएस पढाइ हुने मेडिकल कलेज एउटा पनि छैनन् भएका केही सरकारी अस्पतालसमेत विरक्तलाग्दो अवस्थामा छन् यी अस्पतालको दैनिकी भनेको सामान्यतया अनेक रोगका बिरामीलाई अन्यत्र रिफर गर्नु मात्रै हो यस्तो अवस्थामा सरकारले हरेक प्रदेशमा कमसेकम एउटा सरकारी मेडिकल कलेज खोल्नैपर्छ भन्ने हो यो हिसाबले त्यो ठाउँका बासिन्दाले विशेषज्ञ सेवा पाउनुका साथै चिकित्सक बन्ने मौकासमेत पाउनेछन्

चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई अध्ययन सकिएपश्चात् दुर्गममा काम गर्न जान के कुराले प्रेरित गर्छ भनेर डा.श्यामसुन्दर बुढाथोकीको समूहले वर्षअघि एउटा अनुसन्धान गरेको थियो अध्यनअनुसार, ‘दुर्गम ठाउँमै हुर्केबढेको एउटा बिद्यार्थीले दुर्गममा समुदायकेन्द्रित तालिम पायो भने दुर्गम क्षेत्रमै मेडिकल कलेज भने उसले आफ्नै क्षेत्रमा काम गर्न प्रेरणा पाउन सक्छ भनेर देखाइएको थियो यस हिसाबले दुर्गममा डाक्टर उपलब्धता बढाउने हो भने दुर्गममै मेडिकल कलेज त्यसमा पनि सरकारी मेडिकल कलेज खोल्नुको विकल्प छैन

डा. केसीले १५औं अनशनका निम्ति यतिखेर जुम्ला रोजेका छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलेको वर्ष भइसके पनि अहिलेसम्म त्यहाँ एमबीबीएस तहको पढाइ सुरु हुन सकेको छैन वास्तवमा अहिलेको अनशनभन्दा अगाडि यो मुद्दा कसैका लागि चासोमै थिएन यतिखेर कर्णालीमा एमबीबीएस सुरु गर्नेबारे फरकफरक प्रतिक्रिया आउन थालेका छन् को जान्छ कर्णालीमा पढाउन पढ्न?’ भन्ने तहको धारणासमेत आउन थालेको कुनै पनि स्वास्थ्य संस्था सूत्रपात गर्दा गाह्रो हुनु निश्चितप्राय: हो तर, समाधानका कुनै उपाय नै नखोजी पन्छिन खोज्नु अकर्मण्यताका साथसाथै कर्णाली दूरदराजका जनताले पाउने मौलिक हकको समेत हनन हो मेडिकल विद्यार्थीलाई स्नातकोत्तर पढाइ सकेपछि अनिवार्य करार सेवाका लागि पठाइन्छ नै तर, अहिले आवश्यक नै नभएको ठाउँमा पनि / जना विशेषज्ञ खटाइएको यसको सट्टा वैज्ञानिक तवरले चिकित्सक परिचालन गरिनुपर्छ , तिनै चिकित्सकलाई कर्णाली प्रतिष्ठानमा खटाउन सक्यौं भने त्यहाँका लागि शिक्षकको कमीसमेत भएन झन् आधारभूत विज्ञानका विषयमा स्नातकोत्तर गरेका चिकित्सकलाई यस्ता प्रतिष्ठानमा प्रतिस्थापन गरिनु दुवै पक्षका लागि उपयुक्त हुन्छ

तसर्थ, सरकार सर्वप्रथम गम्भीर हुनु जरुरी हाम्रो सरकार एउटा व्यक्तिले सिकाउनुपर्छ हामीलाई?’ भन्दै आत्मरतिमा रोमाञ्चित बनिरहेको यो यथार्थ हो कि देशभर सुलभ गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने दायित्व सरकारको हो झन् अहिलेको सरकार दुई तिहाइ जनमत ओगटेको कम्युनिस्ट पार्टीको हातमा जसको लक्ष्य नै समाजवादउन्मुख यिनै विपन्न नागरिकका लागि वर्षौंवर्ष युद्ध लडेको इतिहासको विरासत अहिले राज्यसत्तामा आधारभूत स्वास्थ्यमा हरेक नागरिकको मौलिक हक हुन्छ भन्ने कुरा संविधानमै राखिएको राजनीतिक आस्था फरक हुन सक्ला तर नागरिकको मौलिक हकभन्दा ठूलो विचार कुनै पनि हुन सक्दैन

दुर्भाग्य, सरकारले भने स्वास्थ्य सेवालाई राज्यको दायित्वभित्र ल्याउनु कता हो कता, निजीकरणलाई ठाडै पोसिरहेको अवस्था झन् आफू नजिकका व्यापारीको स्वार्थका लागि सिंगो ऐननियमलाई बन्धकी बनाइरहेको यथास्थिति अहिले देखिन्छ एउटा सादगी नागरिकले स्वास्थ्य सेवामा सबैको समान पहुँच हुनुपर्छ भन्दा उसैलाई पीठ फर्काउने यो अवस्थालाई कसरी मूल्यांकन गर्ने?

No comments:

Post a Comment