Monday, November 11, 2019

सोच


के सोच्छन् मगजका अरूपणहरू
के कल्पना गर्छन् प्रेमका विनियमहरू
विचरणको अन्तर्यमा जाँदा
निस्कने धराध्वजाहरू
कहाँ कता गुजुल्टिएका छन्?
रनभुल्लमा छु
अनेक सोचका बेलिबिस्तारमा
भएनभएका कथ्यका अधीनमा
आफूलाई ढाल्दै गर्दा
सम्बन्धको जीविका
के कसरी उँभो लाग्दो हो,
सोचेका छौँ ?
समर्पणको भावले अठ्याइरहँदा
यादको गुजुल्टोले सताइरहँदा
मनगढन्ते दिलचप्सीमा रमिरहन
मनपराउँछौ, हैन ?
सोचको सोचमा सोचिरहँदा
तिललाई पहाड सोच्दै बस्नु
सोच हो वा शौचतुल्य हो,
अझै सोचिरहेछु,
तिमीले जस्तै !

No comments:

Post a Comment