प्रेम जीवन हो । प्रेम विश्वास हो । प्रेम समर्पण हो । प्रेम सद्भाव हो । प्रेम सम्बन्धहरूको जीविका हो । प्रेम जिजीविषा हो । प्रेम निःशब्दता हो । प्रेम स्वतन्त्रता हो । प्रेम बन्धन होइन । प्रेम सङ्कल्प होइन । प्रेम विनियम होइन । प्रेम व्यभिचार होइन । प्रेम अभिमान होइन । प्रेम उपभोग होइन । प्रेम कामवासना होइन । प्रेम भावहरूको अरण्यरोदन होइन ।
प्रेम रस हो सानन्दको । प्रेम रूप हो कञ्चन हृदयको । प्रेम कथ्य हो सग्लो जीवनको । प्रेम भाष्य हो मृदुल मनको । प्रेम कठोरतामा विचलन हो । प्रेम नियमहरूमा अपवाद हो । प्रेम अजीवहरूमा जीवन्तता हो । प्रेम विचलनहरूमा मिलन हो । प्रेम विरासत हो इतिहासको । प्रेम इतिहास हो विचारको । प्रेम उद्गार हो भावनाको । प्रेम शिस्टाचार हो सम्बन्धहरूको । प्रेम अवसर हो सृजनाको । प्रेम तिमी हौ । प्रेम म हुँ । प्रेम तिम्रो र मेरो सर्वनाम हो जुन अटल, अचल, अजर, अमर, अनन्त, अदृश्य, अगम्य, अदम्य, अकल्प, अक्षय, अकथ्य, अकाट्य, अज्ञेय, अजेय, अभेद्य, अशेष, असीम, अद्वितीय, अद्वैत, अरूपण, अतुलनीय, अभूतपूर्व र अजम्बरी छ र रहिरहनेछ । शुभकामना !

No comments:
Post a Comment