Monday, November 11, 2019

त्यसपछि फुलेन गोदावरी: पुस्तक समीक्षा

मैले प्रश्न गरें, 'सर तपाईंले यो पुस्तक लेखेर पाठकमाथि अन्याय गर्नुभएको '

'कसरी' भन्ने सरको प्रतिप्रश्नमा मेरो सहज उत्तर थियो, 'पाठकलाई यति धेरै रूवाउन पाइन्छ सर?'
साँच्चै भन्नुपर्दा, "त्यसपछि फुलेन गोदावरी" यस्ता कथाहरूको सङ्गालो हो, जुन कथाहरू आर्तनादको दहमा पौडिन्छन् वर्तमान नेपाली समाजका सामाजिक, आर्थिक, राजनैतिक, वर्गसंघर्ष लगायत विविध पाटाहरूलाई हुबहु लेखनीमा उतारेका छन् जम्माजम्मी २० वटा कथाहरूमध्ये कुनै त्यस्तो कथा छैन, जसले हरेकका आँखा नभिजेको होस् हरेक कथा उत्तिकै ऊर्जावान् जीवन्त छन्, कथा पढ्दै गर्दा हर निमेषमा झक्झक्याइ रहन्छन् आँसुले आँखा भिजेको पत्तै पाइँदैन यसपछि के होला, अन्तिममा यो पात्रले जिते हुन्थ्यो, यसको उद्धार भैदिए हुन्थ्यो भन्ने हाम्रो मृदुल भावनाका विपरीत गैदिन्छन् हरेकजसो कथाहरू, "वियोगान्तम् ननाटकम्" को मूलमन्त्र बाहिर जेहोस् यसले कथा पठनप्रतिको कौतूहलता बढाइ भने दिएको
कथाहरू छोटा छन्, तर सार लामो गहिरो हरेक कथाहरू पढिसक्दा एकपल्ट सोच्न बाध्य बनाउँछ, यी कथाहरूका पात्रहरूको ठाउँमा आफूलाई सजीव राख्दै कल्पनाको आशातीत दुनियाँमा लगिपुर्याउँछ फेरि आँखा भिजेको पत्तै चल्दैन त्यो सजीवतामा समेत पौड्यालका कथाहरू अब्बल छन्
आफ्नो छुट्टै नवीन शैली पस्किएर नेपाली कथासाहित्यको जगतमा पौड्यालका कथाहरूले निरन्तरतामा एउटा क्रमभङ्गता गरेका छन् "त्यसपछि फुलेन गोदावरी" यथार्थको धरातलमा लेखिएको एक मनोवैज्ञानिक कथासङ्ग्रह हो पुस्तक पढिसक्दा वीपी कोइराला पछि यति सशक्त रूपमा मनोवैज्ञानिक विचारधारा पस्कने कथाकार पौड्याल नै हुन् भन्नेमा दुईमत राख्न सकिन्न
अन्ततः महेश पौड्यालको "त्यसपछि फुलेन गोदावरी" एक सशक्त लेखकको सशक्त प्रतिविम्ब हो यस पुस्तकको पठन बिना नेपाली समाजको यथार्थ धरातलको ज्ञान तथा यस युगका युगकथाहरू पढ्न पाउने अवसरबाट वञ्चित हुने निश्चितप्रायः

No comments:

Post a Comment