Monday, November 11, 2019

भावातीत स्वप्रश्न ???


आउने भए,
समय, गति लय मिलाएर आउनू
वरिपरिको वातावरण बुझेर आउनू
रातमा सपनी बनेर आउनू
दिनमा फुर्सद बनेर आउनू
तर कृपया,
बिन्ती
मन फाट्ने गरी
मन फटाउने गरी
चिन्तित पार्ने गरी
चिन्ता निम्त्याउने गरी
घरबार दुःखाउने गरी
मनमाझ रूवाउने गरी
किनकिन आइदिन्छस् ?
कति भ्रममै हुन्छस्?
आफ्नो पराग पनि हुन्न फूलसँग
भमराले दिग्दिगन्त छरिसकेपछि
आफ्नो छाया पनि हुन्न आफूसँग
चितामा राग बनेपछि
तेरो आफ्नै कुरा तँसँग छैन भने,
जुन कुरा तेरो कहिल्यै थिएन,
त्यसका लागि व्यर्थको विलाप किन गर्छस् ?
कति डुल्छस्,
जिन्दगीको भूलभूलैयामा?
कति तड्पाउँछस् हँ, आफ्नै फाल्साहरू
निस्सार यादहरूमा?
पराइ हुनु पर हुनु हो, नजिक होइन
पर हुनु, अर्कैसँग हुनु
तर पनि
आफ्नै प्रणयिनी सम्झनु तेरै अर्धचेत हो,
बुझिराख्नू

No comments:

Post a Comment