Monday, November 11, 2019

सगरमाथा शिबिरबाट




तिम्रो आकृति सम्झेर
मख्ख परिरहने मेरा निस्सार आँखा
तिमीलाई साँच्चै अनुभूत गर्दा
यसैयसै गमक्क भइदिन्छन्
चुम्न मन लाग्छ तिनै प्रतिबिम्बहरूलाई
जसले यसको विराटता
सँगै यसको सुन्दरता
सधैँ प्रतिध्वनित गरिरहे
तिमीसँगको अनुभूति छिचोल्न
गोरेटा घोडेटाहरूमा परेका अनेकन् पदचापहरूमा
दूधकोशी भोटेकोशीको सुशेलीले सङ्गीत थपिरहँदा
भीमकाय याम्ब्युला देवताको आशिर्वाद थाप्लोमा परिरहँदा
लोत्से नुप्सेले तिम्रो हात समाइरहेको देख्दा
अगाडि अमादब्लम मुसुक्क मुस्काइदिँदा
झनै गमल्क पर्छु सम्झिन्छु
सृष्टिकर्तालाई
जसले यो नगरीको निर्माण गरेँ
बसाए बस्ती हिमालको
बन्न लगाए हामी रैती/अरैतीलाई
यसका अतिथिहरू

स्वप्नील आकृतिमा रमाउनु
सजीवता महसुस गर्नु
फगतको तुलना रहेछ
त्यसैले
आदिम सभ्यताको गाथाले रङ्गिएको
तिम्रो कालजयी इतिहासको पर्दा उठाएर
त्यो भाष्य लेख्न चाहन्छु जीन्दगीको
जुन तिमीजस्तै अटल अचल

No comments:

Post a Comment